कारोबार रकम फरक देखिएको हल्ला सत्य होइनː नेप्से |
काठमाडौं । अनलाइन प्रणालीमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पष्टीकरण दिएको छ । नेप्सेले कारोबार रकम फरक देखिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएको छ । नेप्सेको कारोबार प्रणाली र वेवसाइट छुट्टा छुट्टै डाटा सेन्टरमा सञ्चालन हुँदा यस्तो समस्या आएको प्रेश विज्ञप्ति जारी गर्दै नेपसेले जानकारी दिएको छ ।
नेप्सेले परिसूचक कारोबार सकिने वित्तिकै र कारोबार सकिएको केहि समयपछि फरकरफरक देखिएको विषय हल्ला मात्रै भएको दाबी गरेको छ । विदेशमा समेत कार्यान्वयन हुँदै आएको ुभ्यालु वेटेड इन्डेक्सकाु आधारमा गणना गरिएको नेप्सेको भनाई छ । यो प्रणाली अनुसार सूचक निकाल्दा कम्पनीको मल्य तथा कारोबार रकमलाई गणना गरेर निकालिन्छ ।
ब्रोकर पिच्छे कम्पनीको बजार मूल्य फरक पर्नुमा नयाँ प्रणालीमा प्रत्येक ब्रोकरले कनेक्सन स्थापित हुन नसक्नु प्रमुख कारण रहेको नेप्सेले जनाएको छ । त्यस्तै लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्योटका लागि चार वटा क्लियरिङ बैंक मध्ये एउटाले आफ्ना ग्राहकलाई यो सुविधा दिएको नेप्सेले भनाई छ । नेप्सेले अन्य तीन वटा क्लियरिङ बैंकलाई आवद्ध हुन आब्हान गरेको छ ।