वल्र्डलिंकलाई जापानको अन्तरराष्ट्रिय अवार्ड |
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले जापानमा अन्तरराष्ट्रिय अवार्ड पाएको छ । एशियन ओसिएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजित कार्यक्रममा कम्पनीलाई अवार्ड दिएको हो ।
संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट वल्र्डलिंकलाई सम्मानित गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अवार्डबाट सम्मानित हुने वल्र्डलिंक पहिलो कम्पनी भएको समेत दाबी गरेको छ ।
असोसिओका अध्यक्ष डेविड वाङले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई अवार्ड हस्तान्तरण गरे । कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनीहरुका प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले पुर्याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तरराष्ट्रियस्तरको पुर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै अवार्ड दिएको हो । यो अवार्डको मल्यांकन संस्थाले आन्तरिक रुपमा गरेको थियो ।