नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल |
काठमाडौं । नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन्। । मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो ।
राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका नेपाल निर्देशक पदबाट अवकाश भएका थिए । उनी गत चैतमा नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका थिए ।
कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो । नेपाल अर्थशास्त्रमा स्नातकोत्तर हुन्। । उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन्। ।