बलेफी हाईड्रोपावरले चैत १६ गतेदेखि आईपीओ निस्कासन गर्ने |
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्ने भएकोछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।
यो आईपीओ खरीदका लागि छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २१ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने देखिन्छ । यो आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ देखि फागुन २६ गतेसम्म विक्री खुला गरी गरेको थियो ।