स्टडी ग्रुपले शुरु गर्यो इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम |
काठमाडौं । स्टडी ग्रुपको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पहिलो अनलाइन समूहले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स सुरु गरेको छ ।
स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीहरूले बेलायतमा स्नातकोत्तर कार्यक्रमका लागि तयार हुन यो महिना नयाँ कार्यक्रम सुरु गरेका हुन् । पूर्ण मान्यता प्राप्त अनलाइन कार्यक्रम प्रशंसित इन्सेन्डी सिकाइ अनुभव प्लेटफर्म मार्फत डेलिभर गरिएको छ, जसले प्रविधिमा मानव सिकाइ प्रक्रियालाई प्राथमिकता दिन्छ र विद्यार्थीहरूलाई उच्च गुणस्तरीय अन्तरक्रियात्मक अनुभव प्रदान गर्नमा केन्द्रित रहेको छ।
स्टडी ग्रुपका प्रमुख कार्यकारी अधिकृत एम्मा ल्यान्कास्टरले नयाँ अनलाइन एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रमहरूले विद्यार्थीहरूलाई विश्वको जहाँसुकैबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्न सक्षम बनाउने बताए । जसले बेलायतमा स्नातकोत्तर अध्ययनका लागि सजिलो बनाउँछ ।