निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए काम रोक्ने निमार्ण व्यवसायीको चेतावनी |
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए कन्ट्रक्सनको काम रोक्ने दिएका छन ।
पछिल्लो सयम अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएकाले ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
निर्माण व्यवसायीले जुवा खेल्न यो व्यवसायमा लागेका हैनन्’, महासंघका अध्यक्ष रवि सिंहले भने, ४ महिनामै २ गुणा मूल्यवृद्धि भएपछि कसरी विकास निर्माणको काम अघि बढ्छ ।’
कन्ट्रक्सन होलिडे मनाउने विषयमा भने चैत १४ गते महासंघले छलफल गर्ने जनाएको छ । १४ गतेसम्म सरकारलाई आफ्ना समस्या समाधान गर्न आग्रह गर्ने र सम्बोधन नभएमा सोही दिन हुने महासंघको राष्ट्रिय भेलाबाट आन्दोलनका चरण घोषणा गर्ने बताएको छ ।
त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को ११ औं संशोधनप्रति आपत्ति जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना माग सम्बोधन नभएको भन्दै महासंघले आपत्ति जनाएको हो । उक्त खरिद नियावली संशोधन चैत ३ गते रातो किताबमा प्रकाशित भइसकेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रकाशन गरेको बोलपत्रको क्राइट एरियाअनुसार नेपालका २ वटा कम्पनीले मात्रै भाग लिन मिल्ने व्यवस्था रहेकोप्रति महासंघले आपत्ति जनाएको हो ।
‘यसरी २ वटा कम्पनीलाई मात्रै दृष्टिगत गरे जनताले तिरेको करको दुरुपयोग हुन्छ, स्वस्थ प्रतिस्पर्धा पनि हुन्न’, पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले भने, ‘अहिले संशोधन पनि तिनै कम्पनीले भाग लिन पाउने गरी भएको छ । यसमा महासंघ घोर आपत्ति जनाउँदै खारेजीको माग गर्छ ।’
महासंघले साना निर्माण व्यवसायीले काम पाउने सुनिश्चितता र महासंघको सुझावबमोजिम एक पटकमा ५ वटा निर्माण कार्यको संख्याका आधारमा मात्र पाउने व्यवस्था हुने गरी ११ औं संशोधन गर्नुपर्ने जनाएको छ ।
त्यस्तै साना व्यवसायीलाई निर्माण कार्यमा संलग्न गराउन २५ करोड रुपैयाँसम्मका आयोजनामा जेभी पार्टनर भएको अवस्थामा कुनै एउटाले मात्रै अनुभवको सर्टिफिकेट देखाएमा पुग्ने व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।