अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोक्यो |
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तोकेको हो ।
कम्पनीले हकप्रद प्रयोजनको लागि चैत १४ गते बुक क्लोज मिति तोकेको छ । त्यस अनुसार चैत १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनी निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सकिनेछ ।
कम्पनीले चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको १ः०.३९३६ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले सो बराबरको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।