तारागाउँ रिजेन्सीले लाभांश बिनै साधारण सभा बोलायो |
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
होटल्सले लाभांशबिनै चैत २७ गते बिहान ११ बजे रजिष्टर्ड कार्यलय बौद्धबाट भच्युअल माध्यमबाट २५ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले होटल्सको सञ्चालक समितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । यस्तै लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब समेत छलफल गरी पारित गर्नेछ ।
सभाले आईसिटिसी होल्डिङ्ग कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्तिलाई अनुमोदन समेत गर्नेछ ।
होटल्सले साधारण सभा प्रयोजनको लागि चैत्र १२ गते देखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अनुसार चैत्र १० गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागी हुने सक्नेछन् ।