रियलमी ९ प्रो+ ५जी फ्ल्यागशिप क्यामेरा र उद्योगकै अग्रणी लाइट सिफ्ट डिजाइनसहित नेपाली बजारमा आउँदै |
काठमाडौँ । विश्वको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ । उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जीे प्रोसेसर रहेको छ ।
साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।
रियलमी ९ प्रो +५जीे दुई आकर्षक रङ्गहरुमा आउनेछ मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछः ६+१२८जीबी र ८+१२८जीबी ।
मुख्य हाइलाइटहरु:
सोनी आइएमएक्स७६६ ओआइएस क्यामेरा भएको ५० एमपी ट्रिपल क्यामेरासहित आफ्नो खण्डको पहिलो
रियलमी ९ प्रोे+ ५जी मा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपीसुपर वाइड क्यामेरा र २एमपीम्याक्रो क्यामेरा रहेको छ । आफ्नो खण्डमा सोनी आइएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो ।
हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभल सहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ । कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रोे+ ५जी को १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्विरमा सबै व्यक्तीहरु सुन्दर देखिनेछन् ।
आफ्नो खण्डमा दु्रत गतिको ५जीप्रोसेसर, मेडियाटेक डिमेन्सिटी ९२०५जीप्रोसेसर
मेडियाटेक डिमेन्सिटी ९२०५जी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो ।
सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री
४५०० एमएएच् ब्याट्री भएको रियलमी ९ प्रोे+ ५जी स्मार्टफोनलाई ६०वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५०% चार्ज गर्न सकिन्छ र १००% चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ ।
९० हर्ज सुपर अमोल्ड डिस्प्ले
रियलमी ९प्रोे+५जी मा, ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ । ९०.८% को स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ ।
ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरसँगै हार्ट रेट डिटेक्सन
रियलमी ९ प्रोे+ ५जीे भारतको पहिलो ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ । यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ ।
उद्योग–अग्रणी लाईट सिफ्ट डिजाइन
रियलमी ९ प्रोे+ ५जीे को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ । सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ । ८लाईट सिफ्ट डिजाइन रियलमी ९ प्रोे+ ५जीे ब्लु भेरियन्टमा मात्र राखिएको छ ।
रियलमी युआइ ३.० एण्ड्रोइड १२ मा आधारित
रियलमी ९ प्रो+ ५जीे एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ ।
डाईनामिक रेम विस्तार
रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डीआरइ प्रविधिको विकास ग¥यो, जसले रेमलाई बढाउन आरओएमलाई भर्चुअल रेममा परिणत गराउँछ । रियलमी ९ प्रो+ ५जी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य रेममा ५जीबीसम्म डाईनामिक रेम थप्न सकिन्छ ।