यशोदा फुड्सद्वारा करेन्ट चिज एण्ड बटर, चाउचाउ र चिज बल्स सार्वजनिक |
काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो।
कार्यक्रम मार्फत उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो।
सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ भने यसको प्रति पिसको मूल्य रु. १२० र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ।
साथै, फेमीली प्याकमा रु. २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोही कार्यक्रमका बिच सार्वजनीक भएको छ। सोही कार्यक्रमकै माध्यमबाट चिजबल्स पारखीका लागि चिज बल्स अन्तर्गत चिजको स्वादमा रु. ५० पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ।
नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगबाट जारी विज्ञप्तिमा जनाइएको छ।
साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायीक यात्रा शुरु गरेको यशोदा गु्रपको यात्रा प्याकेजिङ्ग, सोना पोलिमर्स मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवा सम्म पुग्दै नेपालकै उच्च ब्यवसायीक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको, ३५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ।
Visited 1 times, 1 visit(s) today