अभियानको समिक्षा गोष्ठी प्रारम्भ |
पोखरा । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८∕७९ को अर्धवार्षिक समिक्षा गोष्ठी प्रारम्भ गरेको छ । संस्थाका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरेको यस गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
यो कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ । टुकी रिसोर्ट, पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद पौडेल र पूण्य प्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो ।
समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी विभिन्न विषयमा तालिम समेत प्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।
रु. पन्ध्र करोड पच्चीस लाख चुक्ता पुँजी रहेको यस संस्थाले देशभरका २१ जिल्लाका २६ हजार विपन्न परिवार माझ २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । सर्वसाधारणलाई साधारण सेयर निश्कासन गरेपश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्ने र सोका लागि प्रक्रिया सुरु भएको कुरा संस्थाका कार्यकारी प्रमुख रोशन कुमार अधिकारीले बताए ।
Visited 1 times, 1 visit(s) today