फुटबल प्रशिक्षणका लागि सिप्रदीको छात्रवृत्ति |
काठमाडौं । सिप्रदी सहायता संस्थाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौं किकर्ससँगको सहकार्यमा फुटबलमा योग्य, दक्ष तर आर्थिक रुपमा विपन्नलाई परीक्षणको लागि छात्रवृत्ति दिन लागिएको संस्थाले जनाएको छ । फुटबल तालिममा १२ र १३ वर्षका केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन् ।
त्यस्तै, तालिमको छनौट कार्यक्रम फागुन २८ गते कुपन स्पोर्ट्स सेन्टरमा काठमाडौंमा हुँदैछ । हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लिमेनसनले प्रशिक्षण दिइरहेका छन् । सिप्रदी गैरसरकारी तथा गैरराजनैतिक सामाजिक संस्था हो ।
Visited 1 times, 1 visit(s) today