ओपोद्वारा नयाँ ए सेभेनका लागि प्रि–अर्डर शुरुवातको घोषणा | स्वस्तिमा खड्कासंग भेट तथा अटोग्राफ लिएर फोन किन्ने अवसर
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन अन्तर्गत आफ्नो नयाँ उत्पादन ए सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए सेभेन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो । ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । पि ्रअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५ का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने छ ।
प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्तालो कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुम मागई २ हजार रुपैयाँ अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रि बुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरान यूवा ढुकढुकी तथा नेपाली चलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ गरिएको फोन प्राप्तगर्ने अवसर पाउने छन् । स्वस्तिमा खड्का ओपो फस्र्ट सेल्स ईभेन्टका दौरान ओपो फ्यान्ससंग भेट्न केही समयका लागि ओपोको आधिकारिक शोरुममा उपस्थित रहनेछिन् ।
नायिक स्वस्तिमा खड्का भरखरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । यस संगै आउँदा दिनहरुमा स्टार नायिकले ओपोका उत्पादनको प्रबद्र्धन गरिरहेको देख्न सकिने छ । वैश्विक ब्राण्डका रुपमा ओपोले सदैव स्थानियता आत्मसात गर्दै आइरहेको छ । स्थानिय तारा (स्टार)हरुसंग ब्राण्ड तथा उत्पादन प्रबद्र्धनका लागि सहकार्य यसको एक सटिक नमुना हो । भविस्यमा पनि यस्तै अन्य स्थानिय सहकार्यहरुका लागि समेत ओपो निकै उत्साहित रहेको कम्पनीेले जानकारी दिएको छ ।
सहकार्यका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ लाखौ नेपाली यूवाका ढुकढुकीका रुपमा रहन सफल नेपाली चलचित्र उद्योगकी स्टार नायिक स्वस्तिमा खड्कासंग सहकार्य गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ । स्थानिय लोकप्रिय कलाकारहरु संगको यस्ता सहकार्यले हाम्रा यूवा फ्यान्स माझ आफ्ना सन्देश पु¥याउन थप सहयोग मिल्नेमा हामी विश्वस्त छाँै । ब्राण्ड तथा उत्पादनको प्रबद्र्धनका लागि स्थानियपन अपनाउने र पस्कने हाम्रो यो प्रयासलाई उपभोक्ताले सराहना गरिदिनु हुन्छ भन्ने हाम्रो आशा छ ।’