नेपालमा पहिलो पटक कोकाकोलाको लेबलहरूमा व्यक्तिगत सन्देश |
काठमाडौँ । नेपालमा कोकाकोलाले यस वर्षको दशैं र तिहार उत्सवको लागि १६ विभिन्न संदेश भएको विशेष उत्सव लेबलको साथ कोकको बोटलहरूको वितरण गर्दै आएको छ । अब भने पहिलो पटक, नेपालमा कोकाकोलाले उच्चतम स्तर लिएको छ जसमा उपभोक्ताहरूले आफ्नो व्यक्तिगत र निजीकृत सन्देशहरू कोकको बोतलका लेबलहरूमा तुरुन्तै प्रिन्ट गर्न सक्छन् ।
सन्देशहरू जति चाहियो उति विशिष्ट र व्यक्तिग हुन सक्छन् । लेबलमा उपभोक्ताहरू त्यो व्यक्तिको नाम पनि शामिल गर्न सक्छन् जसलाई त्यो कोक बोटल उपहार स्वरुप दिन चाहनछन् । कोकाकोलालाई यो विश्वास छ कि यस अभियान संगै उपभोक्ताहरूले कोकसंग व्यक्तिगत सम्बन्ध र कनेक्शन महसूस गर्नेछन् । यो अभियान उपभोक्ताहरूको आगामी चाडपर्वहरूको लागि पनि उपयोगी छ ।
उपभोक्ताहरूलाई यो सेवा प्रदान गर्न, कोकाकोलाले नेपालका विभिन्न शहरहरूको मल्स र सुपरमार्केटमा कोकको बुथहरू स्थापित गरेको छ । बीबीएसएम पटान, लबिम मल, केएल टावर, सिटी सेन्टर र बीबीएसएम भक्तपुरमा विभिन्न मितिहरूमा बुथ राखिनेछ । उपभोक्ताहरू यो संदेश दिनको लागि बुथमा गई, लेबलमा प्रिन्ट गर्न सक्छन् । यो अभियानले अहिलेसम्म राम्रो प्रतिक्रिया पाई रहेको छ र अधिक उपभोक्ताहस्लाई आकर्षित गर्ने लक्ष्य लिइएको छ ।