बजाजले अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा ल्यायो | मूल्य २ लाख ८६ हजार

काठमाडौं । बजार मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एण्ड ग्लसी पेव्टर ग्रे रहेको छ । बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १६० टिडीमा ड्यूल डिस्क ब्रेक दिइएको विज्ञप्तिमा उल्लेख छ । युवालाई आकर्षित गर्न पछाडि मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ । यसको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिजाइन, क्वालिटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा पर्ने गरेको बताए ।