महिला उद्यमी महासंघको शान्तिपूर्ण पदयात्राको आयोजना |
काठमाडौं । नेपालभरका उद्यमी महिलाहरूको प्रतिनिधि संस्थाको रूपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा सोमवार शान्तिपूर्ण पदयात्रा आयोजना गरेको छ । यस वर्षको अन्तरर्राष्ट्रिय महिला दिवसको नाराको मूल भाव ब्रेक द बायस रहेको छ ।
हाम्रो समाजमा पनि पूर्वाग्रहहरू छन । पूर्वाग्रहलाई हटाऔं । समान लैंगिक अधिकार भएको संसार बनाउने प्रयास गरौं । महिला उद्यमसिलताद्धारा आर्थिक शसक्तिकरण गर्दे कोभिडको मारमा परेका महिला व्यवसायीहरुको उनीहरुको व्यवसायलाई माथी लैजान सहयोग गर्नै र पूर्वाग्रह, रूढीवादी र भेदभावमुक्त संसार निर्माण गर्ने उद्देश्य पनि यस महासंघको रहेको छ ।
सोही भावना अनुरूप समानता र समावेशी संसारको परिकल्पना गर्दै महासंघले शान्तिपूर्ण पद यात्रा आयोजना गरेको हो ।
शान्ति पदयात्रा आनी छोइङ डोल्माको प्रमुख आतिथ्यमा जावलाखेलदेखि पाटन दरबार स्क्वायर परिसरसम्म गरिएको थियो । कार्यक्रममा महिला उद्यमी महासंघकी अध्यक्ष नीरु रायमाझी खत्रीले स्वागत मन्तव्य राखेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि आनी छोइङ डोल्मालाई पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आनी छोइङ डोल्माले महिला उद्यमी महासंघलाई शुभकामना व्यक्त गर्दै ब्रेक द बायसलाई ध्यानमा राखी सबैले समाजमा समानता कायम गर्न शुरुवात गर्दै अन्धकारलाई सराप्नुभन्दा आफै दियोको उज्यालो बत्ती बनेर परिवर्तन गर्न लागिपर्नुपर्ने बताइन् ।
सोही अवसरमा विभिन्न विधामा युनेस्को ओड्यब्लुएसडी फेलोसिप प्राप्त गर्न सफल भएका पाँच नेपाली महिला वैज्ञानिकहरू डा. ज्योति भण्डारी, डा. हेमु काफ्ले, डा. शोभा पौडेल, डा. प्रतिभा पाण्डे र डा. टिस्ता प्रसाईंलाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोंले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा सम्पुर्ण महिलाहरूलाई शुभकामना व्यक्त गरे ।