फुजीमा आयलले स्तन क्यान्सरको परिक्षण निःशुल्क गर्ने |
काठमाडौं । फुजीमा आयल कम्पनिले देशभर महिलाहरूमा हुने स्तन क्यान्सरको निःशुल्क परिक्षण गराउने भएको छ । कम्पनीले यो वर्ष भरि स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कम्पनिले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परिक्षण गराएर यस अभियानको शुरुवात गरेको हो ।
फुजीमा आयलले आफ्नो उत्पादनमा ग्यारेन्टीका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहिलो पटक उत्पादन दायित्व बीमा गराएको छ ।
Visited 1 times, 1 visit(s) today