नेरुडे लघुवित्तले कमायो १४० प्रतिशत नाफा |
काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा ९९ लाख रुपैयाँ कमाएको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १४० दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडाकोषमा २६ करोड ८७ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा १ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । भने कर्जा ४ अर्ब १७ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानीमा १८ दशमलव ९१ प्रतिशत बढेर ८ करोड ८० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १४२ दशमलव १८ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ११ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४९ दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ७४ रुपैयाँ, तरलता अनुपात १२ दशमलव ९२ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ७० प्रतिशत र जोखिम युत्त सम्पत्ति १२ दशमलव २२ प्रतिशत रहेको छ ।