कर्पोरेट पेमा अब अनलाईन रजिष्टर गर्न सकिने सुविधा |
काठमाडौं । व्यवसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्रणाली को स्तरोन्नती गरी विभिन्न सुविधाहरुसँगै अब अनलाईन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाईन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् ।
साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि 'क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन्।
अनलाईन रजिष्ट्रेसनका निम्ती बैंक/वित्तिय संस्थाका व्यवसायिक ग्राहकहरुले corporatepay.connectips.com मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप Hierarchical Role Assign गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाईन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् । यस अनलाईन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै स्विकृति लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पाेरेट पे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीय संस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, युटिलिटी सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टि अथाेराइजेशन तथा मल्टिपल सिग्नेटाेरिजको समेत व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा रिटेल पेमेन्ट स्वीच मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र एनसीएचएल आइपीएस मार्फत नन–रियल टाइममा प्रति कारोबार २० करोड रूपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रूपैयाँसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
खाता खाेल्ने प्रयाेगकर्ताहरूलाई सजिलाेकालागि यूट्युबकाे लिंक तल रहेकाे छ :