फोर्स गुर्खाको टेष्ट ड्राईभ पोखरामा, अन्य स्थानमा पनि छिट्टै गरिने |
काठमाडौं । फोर्स गुर्खा ४गुणा४गुणा४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामासम्पन्न भएको छ । नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले आइतबार पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन सम्पन्न गरेको हो ।
उक्त टेष्ट ड्राइभमा ६७ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ । अफरोड भेईकल भएकोले टेष्ट ड्राईभक्याम्पियनलाई अझ प्रभावकारी बनाउनका लागि कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत व्यवस्था गरेको थियो । टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी ग्राहकहरुले फोर्स गुर्खा ४गुणा४गुणा४ प्रतिको आकर्षण पुष्टि गरेको कम्पनीले जनाएको छ ।
हालैमात्र पोखरामा टेष्ट ड्रईभ क्याम्पियन सम्पन्न गरेको कम्पनीले अब छिट्टै अन्य स्थान काठमाण्डौं, चितवन, झापा, इटहरी लगायत विभिन्न शहरहरुमा समेत टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने जनाएको छ ।