सानिमा बैंक अब काभ्रेको पाँचखाल, तामाघाटमा |
काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरे।
उद्घाटन समारोहमा मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटीएम सञ्चालनमा रहेका छन्।
Visited 1 times, 1 visit(s) today