भारतीय बजार नियामक निकाय सेबीमा पहिलो पटक महिला अध्यक्ष बनिन् माधवी पुरी |
भारतीय बजार नियामक निकायमा पहिलो पटक महिला अध्यक्ष भएकी छिन् । भारतको अर्थ मन्त्रालयले सेबीको अध्यक्षमा माधवी पुरी बुचलाई नियुक्त गरेको छ । सुरुवातमा तीन वर्ष कार्यकालका लागि उनको नियुक्त गरिएको हो ।
सेबीका वर्तमान अध्यक्ष अजय त्यागीको कार्यकाल फेब्रुअरी २८ अर्थात् आज सकिएकाे छ।माधवी पुरी बुच बजार नियामक संस्था,सेबीको उपल्लो तहमा पुग्ने पहिलो महिला हुन् । उनी निजी क्षेत्रबाट सेबीको अध्यक्षसम्म पुग्ने पनि प्रथम महिला बनेकी छिन् ।
माधवी पुरी बुचले आफ्नो करियर निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक आईसीआईसीआई बैंकबाट सुरुवात गरेकी हुन् । २००७ देखि २००९ सम्म उनी बैंकको कार्यकारी निर्देशक थिइन् । उनी २००९ फेब्रुअरीदेखि २०११सम्म आईसीआईसीआई सेक्युरिटिजको सीइओ समेत थिइन् । यसैगरी २०११ मा माधबी सिंगापुर गइन् जहाँ उनले ग्रटर प्यासिफिक क्यापिटलमा काम गरिन् ।
माधब २०१७ अप्रिल देखि २०२१ अक्टोबरसम्म पुर्णकालीन सदस्य थिइन् । त्यसपछि उनी सात सदस्य रहेकाे विशेषज्ञ समुहको प्रमुख थिइन् । उनीमाथि सेबीको निगरानी, सामूहिक लगानीको योजना, आर्थिक र निती विश्लेषण, लगानीकर्ताको सहयोग र शिक्षा तथा लगानी व्यवस्थापनको जिम्मेवारी थियो ।
माधवीको कडा स्वभावका कारण पनि उनी चिनिन्छिन् । उनी इन्डियन इन्स्टीच्युट अफ म्यानेजमेन्ट अहमदाबादबाट एमबिए गरेकी थिइन् । सो अघि माधवी सेंट स्टीफन कलेजबाट अध्ययन पुरा गरेकी थिइन् । माधबीको साथमा वित्तिय क्षेत्रमा ३० वर्ष भन्दा लामो काम गरेकाे अनुभव रहेको छ । यसका साथै सेबीका अनेक कमिटिमा रहेकी थिइन् । हालसालै पनि उनी सेबीको एडभाइजरी कमिटीमा पनि थिइन् ।
अर्थ मन्त्रालयले २०२१ अक्टोबरमा यस पदकालागि आवेदन खोल्यो जसमा आवेदन दिने अन्तिम दिन डिसेम्बर ६ सम्म थियो ।
हालका अध्यक्ष अजय त्यागीले २०१७ मार्च १मा तीन वर्षकालागि पदभार सम्हालेका थिए । त्यसपछि फेरि ६ महिनाको समय थप गरिएको थियो । २०२०मा पनि त्यागीको कार्याकाल १८ महिना बढाइएको थियो ।