एमजीको नयाँँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ सार्वजनिक, कति पर्छ मूल्य ? |
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुममा एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस् इभी २०२२ सार्वजनिक गरेको छ ।
एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ्ग रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ। स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमी छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले दाबी गरेको छ।
गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमी रहेको छ। एमजी जेडएस २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्टको डिजिटर ड्राइभर डिस्प्ले रहेको छ।
त्यस्तै रोटरी डायल गियर नब, ड्राइभिड मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआएल, एलईडी टेल ल्याम्पहरु छन्।
गाडीमा सुरक्षाकोलागि अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एडभान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम रहेको छ। गाडीमा १३० एचपीको पावर २८० न्यूटन मिटर भएको पर्मानेनट म्याग्नेट सिन्क्रोनस मोटर रहेको कम्पनीले जनाएको छ।
कम्पनीले ५१ किलोवाट क्षमताको ५१ लाख ९९ हजार र ७२ किलोवाट क्षमताको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।