कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन |
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयरमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसमा पुस २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
यस हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस बैंकलाई केयरएनपी बी प्लस आइएस रेटिङ दिएको छ । जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।