बेस्ट फाइनान्सको साधारण सभा चैत ४ गते बस्ने |
काठमाडौं । बेस्ट फाइनान्सको साधारण सभा शुक्रबार चैत ४ गते बस्ने भएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले आर्थिक वर्ष २०६७–६८ यता लाभांश वितरण गर्न सकेको छैन ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।
यसबाहेक आर्थिक वर्ष २०७७–७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले फागुन २० गते बुक क्लोज गर्दै छ ।