बीओके क्यापिटलमा निःशुल्क डिम्याट खाता |
काठमाडौं । बीओके क्यापिटलले निःशुल्क डिम्याट खाताको सुविधा ल्याएको छ । बीओके क्यापिटल र बैंक अफ काठमान्डूका शाखा कार्यालयहरुबाट अर्को सूचना जारी नभएसम्म निःशुल्क डिम्याट खाता खोलिने कम्पनीले जानकारी गराएको छ ।
निःशुल्क डिम्याट खाताका साथै ब्रोकर खाता, पोर्टफोलियो ट्रयाकिङ र साप्ताहिक सेयर बुलेटिन सुविधा पनि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।