१७.४२ अंक बढ्यो नेप्से, दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार |
काठमाडौं । मंगलबार नेप्से परिसूचक करिब साढे १७ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि बढेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १७.४२ अंक बढेर २७३५.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन, २२८ कम्पनीको ४८ हजार १९५ पटकको कारोबारमा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको ६० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६२ रुपैयाँ बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ८३ रुपैयाँ ४० पैसा बढेर ९१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सामलिङ पावरको शेयरमूल्य ८.५२ प्रतिशत बढेको छ। यस दिन सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब २ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने यस दिन घटेको हो।