बोटलर्स नेपाल तराईले ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई बोलायो |
काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो । सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।
तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बोटलर्सले उल्लेख छ । कम्पनीको २०७३ पुस ११ गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७२–७३ को नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।