भिभोको टोक्यो आरएण्डडी सेन्टरस् एक अन्तरंग |
काठमाडौं । भिभोले जापानी विज्ञहरुको टोलीसँगको साझेदारीमा टोक्यो आरएण्डडी सेन्टर स्थापना गरेको छ। भिभो टोक्यो आरएण्डडी सेन्टर सन् २०१९ मा टोक्योको शिम्बासीमा स्थापना भएको हो र यो २ वर्षपछि प्रयोग हुनसक्ने प्रविधिको पूर्व-अनुसन्धान तथा विकासमा केन्द्रित छ।
भिभो टोक्यो आरएण्डडी सेन्टरका प्रमुख मासाजुमीले यसका बारेमा थप तथ्य अनावरण गरेका छन्।
अल्ट्रा वाइड-एङ्गल क्यामरा, टेलिफोटो क्यामरा तथा टीओएफ क्यामराजस्ता अत्याधुनिक इमेजिङ प्रविधि अणुहरु वा स्मार्टफोनको इमेजिङ मोड्युल बनाउने सानासाना तत्वहरु हुन्। यिनीहरुले नै राम्रो फोटो लिने प्रविधिका लागि हार्डवयरको फाउण्डेशन बनाउँछन्। भिभोका लागि राम्रो फोटो निकाल्न सहयोग गर्ने तत्वमा योभन्दा बढी कुराहरु पर्छन्स् यिनीहरुले भिभोको वैश्विक आरएण्डडी रणनीतिलाई पनि सार्थक बनाउने कम्पनी बताउँछ ।
भिभो टोक्यो आरएण्डडी सेन्टरको परिचय
सन् २०१७ मा मोबाइल फोनको बजार नयाँ र पुराना ब्राण्डबीच व्यापक प्रतिस्पर्धासहित तीव्र गतिमा वृद्धि हुँदै थियो।
यो प्रतिस्पर्धा बजारीकरणबाट प्रविधिमा सरेपछि व्यापार तथा निर्माण क्षेत्रले प्राय: प्रयोगमा ल्याउने ‘ग्लोबलाइजेशन’ शब्द आरएण्डडी क्षेत्रमा पनि देखा पर्न थाल्यो। त्यसै वर्ष भिभोले एक कदम अगाडि बढाउँदै आफ्नो ग्लोबल आरएण्डडी सेन्टर स्थापना गर्ने निर्णयको घोषणा गर्यो।
यो रणनीति पछाडिको उद्देश्य विभिन्न आरएण्डडी कार्यका लागि विश्वका फरक फरक ठाउँमा बहुमूल्य स्रोतसाधनलाई परिचालन गर्नु हो। भिभो टोक्यो आरएण्डडी सेन्टर यसै रणनीति अनुरुप स्थापना भएको हो।
‘जापानसँग मोबाइल इमेजिङ प्रविधि विकासको सय वर्षको इतिहास छ भने यसले फिल्म अर्थात् रीलबाट लेन्स, सेन्सर तथा मोटरलगायत डिजिटल इमेजिङको क्षेत्रमा फड्को मारिसकेको छ।’ मासाजुमीका विचारमा मोबाइल क्यामरा प्रविधि मजबुत तथा निखारिएको इमेजिङ उद्योगमार्फत् सम्भव हुने भएकाले टोक्योमा आरएन्डडी सेन्टर हुनु निकै ठूलो उपलब्धि हो।
टोक्यो आरएण्डडी सेन्टर अगाडि बढ्दै जाँदा यसले आफ्नो प्राथमिकता मोबाइल फोन इमेजिङबाट विस्तार गरेर कार क्यामरा, स्पोर्ट्स क्यामरा तथा औद्योगिक क्यामराजस्ता अझ गहन क्षेत्रमा पुर्याएको छ।
यी प्रविधिहरु अन्य बजारमा पूर्ण रुपमा आइनसकेका हुन सक्छन्। तर भिभोको सिग्नेचर गिम्बल क्यामरा सार्वजनिक भएपछि तथा भिभोको वैश्विक निर्माण क्षेत्रहरुको पूर्णतापछि माथि उल्लिखित प्रविधिहरुको व्यवहारिकता र प्रयोगको प्रतीक्षा गर्न सकिन्छ।
भविष्यका लागि उपभोक्ताको आवश्यकतासम्बन्धी भिभोको खाकाको सार
भिभोको कर्पोरेट कल्चरमा रहेको उपभोक्तामुखी हुनुपर्ने मुख्य नीतिले नै भिभोको आरएण्डडीको कामलाई मार्गनिर्देश गर्दछ। चाहे गिम्बल क्यामरा होस् वा भी१ इमेजिङ चिप यी सबै भिभोको अन्तरंग तथा उपभोक्ताको आवशेयकताको समग्र समीक्षामा आधारित छन्।
वर्तमान डाटा तथा प्रविधिको प्रवृत्तिबारे मुख्यालयसँग कुराकानी गर्दै मासुजामीले भने, ‘हामी अहिले अधिकांश समय अनलाइन बैठकमा भर पर्ने गरेको भए पनि हामी अझ बढी संवाद गर्छो र सूचना आदानप्रदान पहिलेभन्दा अझ बढी सरल हुँदै गएको छ।’
मुख्यालयमा रहेको योजनारउत्पादन टोलीले प्रयोगकर्ताको सुझावका आधारमा स्मार्टफोन इमेजिङ टेक्नोलोजीसम्बन्धी भविष्यका अनुसन्धान प्रवृत्तिहरुको विश्लेषण गर्छ। त्यसबाट निस्केको निष्कर्ष टोक्यो आरएण्डडी टिमलाई शेयर गरिन्छ।
यो प्रक्रियामा मासाजुमीले वैश्विक मागमा परिवर्तन भइरहेको पाएका छन्। ‘वैश्विक उपभोक्ताहरुमा एचडी इमेजिङप्रति उच्च अपेक्षा रहेको छ तर फोनमा भने त्यसका लागि आवश्यक लेन्स मोड्युल राख्ने ठाउँ झन् झन् कम हुँदै गइरहेको छ।’
यस्तो विपरीत अवस्थामा भविष्यको इमेजिङ हार्डवेयर विकासको एउटा मुख्य दिशा वा तरिका भनेको ‘सानो र एकीकृत’ बनाउनु हुने मासाजुमीको विश्वास छ। उनले व्याख्या गरे, ‘हाल क्यामरा लेन्सहरु सामान्यतया एसेम्बल गरिन्छन्। भविष्यमा यी सबै अझ संवेदनशील र तीव्र सेन्सरसहित एकै स्थानमा एकीकृत हुन सक्छन्।’
टोक्यो आरएण्डडी सेन्टरको स्थापना भिभोको वैश्विक आरएण्डडी रणनीतिको उदाहरण हो। सन् २०१७ मा भिभोले आफ्नो प्राविधिक अनुसन्धान समग्र स्मार्टफोनको इनोभेशनका क्षेत्रमा एक विधामा नभई बहु-विधामा केन्द्रित हुने प्रस्ताव गरेको थियो।
यही उद्देश्य प्राप्तिका लागि भिभोले यसअघि शेन्जेन, डङगुआन, नान्जिङ, बेइजिङ, शांघाई, हाङजोउ, शि’यान, ताइपेई, सान डिएगोमा आफ्ना १० ओटा अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिसकेको छ। यी केन्द्रहरु फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स, औद्योगिक डिजाइन, इमेजिङ सिस्टम तथा अन्या आउँदै गरेका प्रविधिलगायत अत्याधुनिक कन्जुमर इलेक्ट्रोनिक्स प्रविधि तथा सेवाहरुको विकासमा समर्पित भएकाे कम्पनीले जनाएकाे छ।