भारतबाट विराटनगर आयो रेलको इन्जिन |
विराटनगर । भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेलको इन्जिन परीक्षण गरिएको छ । अब यो खण्डमा छिट्टै रेल संचालन हुने भएको छ । निर्माण कम्पनीका अनुसार अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने छ । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।
बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो । रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए । रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ ।