आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद निष्काशन गर्दै |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।