नेपाली बजारमा लोकप्रिय हुँदै चांगनको उत्कृष्ट सेडान एल्सभीन |
काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभीनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भइसकेको छ।
दुई महिनाको छोटो अवधीमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षन गर्न एल्सभीन सफल भएको छ।
नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधीमै ५ जना ग्राहकहरुलाई एल्सभीन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ्ग निश्चित गरिसकेको कम्पनीले जनाएको छ।
ग्राहकहरुबाट उत्कृष्ट प्रतिकृया प्राप्त गरेको एल्सभीन आरामदायी र आफ्नो विविध विशेषताहरुले ग्राहकहरुलाई प्रभावित पार्न सफल भएको छ।
एल्सभीन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको समिश्रण हो। एल्सभीनमा १.५ लिटर ब्लु कोर इन्जिन, ५ स्पिड म्यानुयल ट्रान्स्मिसन र १३७० सीसीको इन्जिन रहेको छ। ब्लु कोर इन्जिनले ९९ बि.यच.पि र १३५ यन.यम प्रदान गर्दछ जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ। ग्राहकहरुले यसमा रहेको ७ इन्चको टच स्क्रिनको सजिलै सगँ विविध प्रयोग गर्न सक्नुहुनेछ।
एल्सभीनको एलईडी डीआरएलएस र बटरफ्लाइ ग्रिलले सजिलै सँग ध्यानाकर्षण गराउँदछ। यसमा प्रयोग भएको प्रोजेक्टर हेडल्याम्पले रात्रीकालिन समयमा पनि सहजता प्रदान गर्दछ।
यसको भित्री बनाओटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो हुल्इस्ले जो कोहीलाई पनि आकर्षित गर्दछ।
एल्सभीनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टिरिङ्गले चालकलाई सहजता प्रदान गर्नेछ।
यसमा सुरक्षाका विविध सुबिधाहरु उपलब्ध छन् जस अन्तर्गत एन्टी लक बे्रकिङ सिस्टम र फ्रन्टल एअर ब्याग पनि समावेश छन्। रेर भ्यु क्यामराको साथमा पार्किङ सेन्सर, डाइनामिक लाइनस् र प्रोक्सिमिटि अलार्मले थप सहजता प्रदान गर्दछ।
यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ्ग लाइट समावेश छ।
ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा नवनिर्मित सोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड गर्न सक्नेछन्।