वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा ५ अर्ब ४३ करोड बढी राजस्व संकलन |
पर्सा । चालू आर्थिक वर्ष (आव) २०७५७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रू ५ अर्ब ४३ करोड बढी राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम गतआवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो ।
कार्यालयले गत साउनदेखि असोजसम्मका लागि रू. ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकोमा रू. ४३ अर्ब १९ करोड १७ लाख राजस्व संकलन गर्न सफल भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीका अनुसार संकलित राजस्व रकम लक्ष्यभन्दा १३ प्रतिशतले बढी हो । आव २०७४÷७५ को साउनदेखि असोजसम्ममा रू. ३० अर्ब ५६ करोड ३३ लाख राजस्व संकलन भएको थियो ।
भारतसँग जोडिकका भन्सार नाकामध्ये वीरगञ्ज प्रमुख भन्सार नाका भएको र आयात निर्यातमा पनि केही वृद्धि भएकाले राजस्व संकलनमा सुधार आएको उनको भनाइ छ । चालू आवकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । कार्यालयले असोजका लागि रू १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकोमा रू. १६ अर्ब ५४ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।