३७ किलो चरेससहित तीन जना पक्राउ, तीमध्ये एक स्थानीय जनप्रतिनिधि |
रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको प्रहरीले बताएको छ । पक्राउ पर्ने जनप्रतिनिधिमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेको र उनी पाणिनी गाउँपालिका–५ का वडा सदस्य रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिमा बागलुङको निसीखोला गाउँपालिका–९ बस्ने ३४ वर्षीय जनक घर्ती र कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू रहेका छन् ।