निसानले नेपाली बजारमा लन्च गर्यो अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’, ५ भेरिएन्ट उपलब्ध |
काठमाडौँ । निसानले द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्टका गाडी बजारमा ल्याइरहेको निसानले एड्भान्स्ड टेक्नोलोजी सहितका उत्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ । अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेको जाएको छ।
द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।
त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ ।
नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ ।
यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।
निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भने, ‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गर्छौँ ।’
पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भने, ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र हामी नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छाँै । पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेइकलको रुपमा द अल–न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौँ ।’
यो गाडीको मूल्य भेरिएन्ट अनुसार ९५ लाख ४९ हजारदेखि १ करोड १६ लाख रुपैयाँसम्म तोकिएको छ ।
द अल -न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य यसप्रकार छः
2.5D Navara LO MT -९५ लाख ४९ हजार रुपैयाँ
2.5D Navara HI AT -१ करोड १३ लाख रुपैयाँ
2.5D Navara LO AT -९७ लाख ४९ हजार रुपैयाँ
2.5D Navara HI MT -१ करोड ११ लाख रुपैयाँ
2.5D Navara Offroad HI AT -१ करोड १६ लाख रुपैयाँ
बाहिरी भाग
ठूलो र रिडिजायन गरिएको
ग्रिल थ्रीडी ट्रिम पिस
ट्रेडमार्क भी–मोसन ग्रिल
नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम
सार्पर एलईडी डेटाइम रनिङ लाइट अलिअग्लो गरी मिलाइएको फगल्याम्प
नयाँ एलईडी टेलल्याम्प क्लस्टर ह्विलआर्चमा एक्स्ट्रा बडी क्लेडिङ
नयाँअप्सनको रुपमासिक्स स्पोक टु-टोन अलोय ह्विल
भित्री बनावट
थैी स्पोक स्टेयरिङ ह्विलकाकारण स्पोर्टियर अनुभव
ठूलो ९ इन्च मल्टी फङसनलइन्फोर्मेसन डिस्प्ले सहितको नयाँ टीएफटी मिटर र नयाँआईभीआई
प्रविधि र सुरक्षा
नयाँ थप फिचरकोृ रुपमा निसान इन्टेलिजेन्ट मोबिलिटी
इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ
अफरोड मोनिटरको रुपमा स्ट्यान्डर्ड इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर