आईपीओ जारी गर्ने तयारीमा धौलागिरि लघुवित्त |
काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
उनकाअनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने तीन लाख कित्ता आईपीओ जारी गर्नेछ ।
आईपीओ जारी गर्न यसअघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।