छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन बिक्री खुला गरेको थियो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।