गुहेश्वरी मर्चेण्टले दिने भयो नगद लाभांश |
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
उक्त साधारणसभाले कम्पनीको संचालक समिति सदस्यमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजुलाई संस्थापक शेयरधनीका तर्फबाट चयन गरेको छ ।
त्यस्तै सर्वसाधारण समूहबाट डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर चयन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा निक्षेप ३ अर्ब १६ करोड तथा कर्जा २ अर्व ७३ करोड रुपैयाँ छ । त्यस्तै संचालन मुनाफा १ करोड ८२ लाख रहेको कम्पनीले जनाएको छ । हाल १० वटा शाखा रहेको कम्पनीले छिट्टै बुटवल र भैरहवामा थप खोल्ने तयारी गरिरहेको छ ।