आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८१९ रुपैयाँ २९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार १०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
इन्स्योरेन्सले १ बराबर ०.४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर निष्काशन गर्नेछ ।
इन्स्योरेन्सको २०७८ बैशाख १२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा आज इन्स्योरेन्सको कारोबार खुल्नेछ ।