एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकको सहभागिता बढेसँगै बैंकले थप्यो विभिन्न सुविधा |
काठमाडौं । एनआईसी एशिया बैंकले गत १ कात्तिकदेखि सञ्चालनमा ल्याएको नयाँ योजना ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।
८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने, सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएकाले नै बैंकको उक्त बचत खाता योजनामा ग्राहकहरूको आकर्षण बढेको बैंकको दाबी छ ।
‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले उत्साहजनक सहभागिता जनाई ती योजनाहरूलाई सफल बनाइदिएको भन्दै बैंकले समस्त ग्राहकवर्ग, कर्मचारीहरूलगायत अन्य सरोकारवालाहरूप्रति हार्दिक आभार तथा कृतज्ञता पनि व्यक्त गरेको छ ।
आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रूपको अध्ययन तथा विश्लेषण गरी निक्षेप योजनाहरूलाई सोहीअनुरुप निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङक्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने नीति बैंकले लिएको छ ।
साथै, बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रूपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरूले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नुहुनेछ ।
थप गरिएका सुविधाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले पनि पाउने बैंकले जनाएको छ ।
हाल यस बैंकले देशभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
‘सर्वश्रेष्ठ बचत खाता’ योजनाका १८ फाइदाहरू