जीवन विकास लघुवित्तको नाफा ९.१०% ले बढ्यो |
काठमाडौं । जीवन विकास लघुवित्तको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ९.१०% ले बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा खुद ब्याज आम्दानीमा ३२.६५% र सञ्चालन नाफामा ४४३.२२% सुधार भएको छ ।
कम्पनीले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गरेको छ । रिजर्भ कोष निकै मजबुत देखिएको छ । रिजर्भ कोषमा ७४.४०% सुधार गरी १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ जम्मा गरेको छ । जीवन विकासको प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।