ङादी ग्रुप पावरले ६ महिनामा कमायो ३ करोड ७४ लाख |
काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २९.५१% ले धेरै हो । गत वर्ष यसले २ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । ङादीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.६१% ले बढाउन सफल भएको छ ।
गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ७ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । हाल ङादीको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३३ पैसा छ ।