सानिमा जनरल इन्सुरेन्सको नाफा ९५.६५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा जनरल इन्सुरेन्सको नाफासँगै प्रमुख सूचक बढेको छ । यसअवधिमा यसको नाफा ९५.६५% ले बढेर ५ करोड ८० लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो । बिमा कोष र खुद बिमा शुल्क बढेसँगै यसको खुद नाफा बढ्न टेवा पुगेको हो ।
एक वर्षको अवधिमा बिमा कोषको आकार ७०.४२% ले बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ७ करोड १४ लाख ७८ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन ७३.२८% ले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा इन्सुरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा छ ।