माउण्टेन इनर्जीले ६ महिनामै कमायो ४२ करोड ६३ लाख रुपैयाँ |
काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ७८८.७३% ले धेरै हो । गत वर्ष कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको खुद नाफाको रेखा माथितिर लागेको हो । गत वर्ष यसले ८ करोड २१ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ८३ करोड १५ लाख रुपैयाँ छ । खुद नाफामा आकर्षक सुधार भएपछि यसको प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ पनि १३७ रुपैयाँ ०४ पैसाबाट बढेर १४२ रुपैयाँ २५ पैसा पुगेको छ ।