लिवर्टी इनर्जीले नोक्सानी घटायो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लिवर्टी इनर्जी कम्पनीले केही सुधार गरेको छ । गत वर्ष २ करोड ९१ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनी यो त्रैमाससम्म आइपुग्दा १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोष भने १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ९३ पैसा नोक्सानमा रहेको इनर्जीको प्रतिसेयर नेटवर्थ भने ८९ रुपैयाँ ०१ पैसा छ ।