छ महिनामा मिथिला लघुवित्तले कमायो तीन करोड ४६ लाख नाफा |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्र्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमास (छ महिना) मा रू. ३ करोड ४६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । गत अवाको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ९६ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै सो अवधिमा कम्पनीले रू. १ करोड १६ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ६३ लाख रहेको छ भने जगेडामा रू. १६ करोड ८० लाख सञ्चित गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १२ करोड सापटि लिएर ,रू. ५८ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९३ करोड भन्दा बढी कर्जा लगानी गरेको हो ।सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.५० दशलमव ८४,मूल्य आम्दानी अनुपात३३ दशलमव ६६ गुणा,तरलता अनुपात ६ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२३ दशमलव २९ रहेको छ ।