कैलाश बैंकले ल्यायो भिजा डेबीट तथा भिजा डलर कार्ड |
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले भिजा इन्टरनेशनलसंग अनुवन्धन गरी भिजा डेबिट तथा भिजा डलर कार्डको सेवा शुरुवात गरेको छ ।
उक्त कार्ड चिप बेस प्रणालीमा आधारित भएकाले अन्यन्तै सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानीलाई सहज हुने बैंकले जानकारी दिएको छ ।
हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिजा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार गर्न सकिने पनि बैंकले बताएको छ ।