मेगा क्यापिटलले स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने, ल्यायो आकर्षक अफर |
काठमाडौं । मेगा क्यापिटलले कोभिडको समयमा अग्रभागमा रहेर महामारीविरुद्ध लड्ने स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने भएको छ । मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने स्वास्थ्यकर्मीको सम्मानस्वरूप पोर्टफोलियो म्यानेज गरिदिने भएको हो ।
स्वास्थ्यकर्मीको सम्मानस्वरूप ल्याएको आकर्षक योजनामार्फत कम्पनीले वार्षिक ५० प्रतिशत छुटमा पोर्टफोलियो म्यानेज गर्ने बताइएको छ । यस्तै, पोर्टफोलियो म्यानेजबाट एक्जिट हुँदा समेत ५० प्रतिशत छुट पाइने भएको छ ।