पर्यटन वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्य नियुक्त |
काठमाडौं । सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्ती गरेको छ । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। । वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। । उनको कार्यकाल तीन वर्षको हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुक्रबार व्यवसायी वैद्यलाई तीन वर्षका लागि भ्रमण वर्ष २०२० को कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेका हुन ।
०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरिएको थियो । घोषणा अनुसार सरकारले आर्थिक वर्ष २०७५⁄७६ को नीति तथा कार्यक्रममा उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटन बोर्डको कार्यालयमा सचिवालय स्थापना गरिएको छ ।