शुक्रबार देशभर हिमपात (फोटो फिचर) |
काठमाडौं । बदलिँदो मौसमका कारण देशका विभिन्न स्थानमा हिमपात परेको छ । हिमपातका कारण तराई पहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् ।
त्यस्तै, गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ ।
तस्बिरमा हेर्नुहोस्, चन्द्रागिरिमा परेको हिमपात
त्यस्तै, काठमाडौंको शिवपुरी डाडामा समेत हिउँ परेको छ ।
रुकुम (पूर्व)को भूमे गाउँपालिका-१ लुकुममा शुक्रबार हिमपात पछिको दृश्य
तस्बिरमा हेर्नुहोस्, सिन्धरपाल्चोकको पाँच पोखरीमा परेको हिमपात
दशरथचन्द राजमार्गस्थित बैतडीको सतबाझ– गोठलापानी सडकखण्डको हिउँ हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पन्छाउँदै
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक, तस्वीरः रासस
हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ ।तस्वीरः विजय रावत/रासस